बिहीबार, वैशाख ३१, २०८३

चितवन-२ को मतगणना इच्छाकामनाबाट सुरु

 |  सोमबार, वैशाख ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ११, २०८०

National life

चितवन निर्वाचन क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ। दिउँसो १ बजेबाट मतगणना गर्ने सहमति भए पनि दुई बजेपछि मात्र सुरु भएको हो। 

आज बिहान बसेको सर्वदलीय बैठकमा दिउँसो १ बजेबाट मत गणना गर्ने सहमति भएको थियो।इच्छाकामना गाउँपालिका १ र ३ वडाबाट मतगणना सुरु भएको छ।

चितवनको मतगणना भरतपुरस्थित उद्योग संघको प्रदर्शनी केन्द्रमा भइरहेको छ। चितवन क्षेत्र नम्बर २ मा रास्वपाका सभापति रवि लामिछाने, नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ प्रतिस्पर्धी उम्मेदवारका रुपमा रहेका छन्।

प्रकाशित: Apr 24, 2023| 14:15 सोमबार, वैशाख ११, २०८०
प्रतिक्रिया दिनुहोस्