शुक्रबार, साउन ८, २०८३

कमल थापाको चुनाव खर्च १५ लाख ३७ हजार 

 |  सोमबार, वैशाख ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ११, २०८०

काठमाडौं- गत मंसिरको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेको सूर्य चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो चुनावी खर्च निर्वाचन आयोगलाई बुझाएका छन्। 

थापाले गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा १५ लाख ३७ हजार ३४० रुपैयाँ खर्च भएको विवरण पेश गरेका हुन्।

थापाका निर्वाचन प्रतिनिधि राजाराम बर्तौलाले बुझाएको विवरणअनुसार सवारीसाधनमा दुई लाख, सम्पर्क कार्यालय सञ्चालनमा तीन लाख, गोष्ठी, अन्तरक्रिया शीर्षकमा दुई लाख, प्रतिनिधि परिचालनमा चार लाख, प्रचारप्रसार सामग्रीमा एक लाख ७७ हजार ९ सय र प्रचारप्रसारका लागि छापा एवं विद्युतीय माध्यममा दुई लाख ५९ हजार चार ४० खर्च भएको उल्लेख छ।

थापा मकवानपुर-१ बाट चुनाव लडेका थिए। सो क्षेत्रबाट राप्रपाका दीपकबहादुर सिंह निर्वाचित भए।

प्रकाशित: Apr 24, 2023| 14:06 सोमबार, वैशाख ११, २०८०
प्रतिक्रिया दिनुहोस्