काठमाडौं- तनहुँ १ मा २२ हजार ३५८ मत गणना हुँदा रास्वपाका स्वर्णिम वाग्लेले निरन्तर अग्रता लिइरहेका छन्। वाग्लेले कांग्रेसका गोविन्द भट्टराई भन्दा ११ हजार ४२८ मत ल्याएर झण्डै दोब्बरको अग्रता लिएका छन्।
भट्टराईले ६ हजार ४६५ मत प्राप्त गरेका छन्। यस अघि ५ हजार ३ सयमाथिको अग्रता लिएकोमा वाग्लेको अग्रता ४९६३ मा झरेको छ।
तेस्रो स्थानमा रहेका एमालेका सर्वेन्द्र खनालले ३ हजार ७४८ मत प्राप्त गरेका छन्। आँबु खैरेनी गाउँपालिका र भानु नगरपालिकाका गरी अहिलेसम्म १६ वटा वडाको मतगणना सकिएको छ।
चितवन १ मा ६३ हजार ७५७ मत खसेको थियो।