बिहीबार, वैशाख ३१, २०८३

चितवन २ मा दिउँसो १ बजेदेखिमात्रै मतगणना थालिने

चितवनमा दिउँसो १ बजेदेखि मतगणना सुरु हुने भएको छ।
 |  सोमबार, वैशाख ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ११, २०८०

National life

चितवन- चितवनमा दिउँसो १ बजेदेखि मतगणना सुरु हुने भएको छ। बिहान बसेको सर्वदलीय बैठकले चितवन क्षेत्र नम्बर २ को उपचुनावको मतगणना आज दिउँसो १ बजेदेखि सुरु गर्ने सहमति गरेको हो।  

नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार रहेका जित नारायण श्रेष्ठले बिहान बसेको सर्वदलीय बैठकले दिउँसो १ बजेदेखि मतगणना गर्ने निर्णय गरेको जानकारी दिए। चितवन क्षेत्र नम्बर २ मा रास्वपाका सभापति रवि लामिछाने, नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ उम्मेदवार छन्। 

उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा मतगणना हुँदै छ।  मतगणनास्थलमै बसेको सर्वदलीय बैठकमा रास्वपा उम्मेदवार लामिछानेले आचारसंहिता उल्लङ्घन गरेको भन्ने नेपाली कांग्रेसको उजुरीबारे केन्द्रमा लेखेर पठाउने, सामाजिक सञ्जालमा जथाभाबी लेख्नेहरूमाथि कारबाहीका लागि प्रहरीलाई जानकारी गराउने र  प्रमुख जिल्ला अधिकारीको भूमिकाबारे मुख्य निर्वाचन अधिकृतले आवश्यक निर्णय लिने सहमति समेत भएको श्रेष्ठले बताए।

प्रकाशित: Apr 24, 2023| 12:08 सोमबार, वैशाख ११, २०८०
प्रतिक्रिया दिनुहोस्