काठमाडौं- चितवन क्षेत्र नम्बर–२ मा सर्वदलीय बैठक जारी रहेको छ। प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत मतगणना सुरु गर्नका लागि आज बिहान ९ बजेदेखि बैठक जारी रहेको हो।
चितवन–२ का सहायक निर्वाचन अधिकारी ईश्वर आचार्यले बैठक अझै जारी रहेको जानकारी दिए।
आज बिहान ८ बजेका लागि नै बोलाएइ पनि दलका प्रतिनिधि उपस्थित नहुँदा एक घण्टा ढिलो बैठक सुरु भएको थियो। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले आचारसंहिताविरुद्धको उजुरीमा सुनुवाइ नगरेको भन्दै नेपाली कांग्रेसको विमति जनाएको थियो। त्यससँगै चितवनको मत गणनामा ढिलाइ भएको हो।
कांग्रेस चितवनका सभापति राजेश्वर खनालले प्रजिअको जवाफपछि मात्र आफूहरू मतगणनाका लागि तयार हुने बताए।