बिहीबार, वैशाख ३१, २०८३

चितवनमा बल्ल सर्वदलीय बैठक

 |  सोमबार, वैशाख ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ११, २०८०

चितवनमा ढिलो गरी सर्वपक्षीय बैठक बसेको छ। चितवन-२ मा मतगणना सुरु गर्न बिहानै ८ बजे बैठक बोलाइएको भए पनि ९ बजेपछिमात्रै सुरु भएको थियो।

National life

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले आचारसंहिता उल्लंघन गरेको भन्दै कांग्रेसले उजुरी दिएको र उनको जवाफ नआएसम्म मतगणना हुन नसक्ने अडान राखेपछि ढिला भएको थियो।

सर्वदलीय बैठकमा प्रमुख जिल्ला अधिकारी पनि उपस्थित हुने र सोही बैठकमा आफ्ना धारणा राख्ने भएपछि सबै दल बैठकमा बस्न तयार भएका हुन्।

चितवन २ मा रास्वपाका रवि लामिछाने, कांग्रेसका जितनारायण श्रेष्ठ र एमालेबाट रामप्रसाद न्यौपानेलगायतका उम्मेदवार चुनावी मैदानमा छन् ।

 

प्रकाशित: Apr 24, 2023| 10:22 सोमबार, वैशाख ११, २०८०
प्रतिक्रिया दिनुहोस्