बिहीबार, वैशाख ३१, २०८३

१८ हजार मत गन्दा स्वर्णिमले १० हजार कटाए, गोविन्दको ५ हजार

 |  सोमबार, वैशाख ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ११, २०८०

काठमाडौं- तनहुँ–१ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता बढाउँदै लगेका छन्।

National life

अहिलेसम्म ११ वडाको मत गणना सकिएको छ। आँबुखैरेनी–१, आँबुखैरेनी–२, आँबुखैरेनी-३, आँबुखैरेनी-४,  भानु–१०, भानु–८, भानु–३, भानु–७, भानु-४ र भानु-११ को मतगणना सकिएको हो।

आइतबार रातिदेखि भएको मतगणनामा बिहान ८ बजेसम्मको मतपरिणामअनुसार १८ हजार मत गन्दा वाग्लेले १० हजार २५९ मत प्राप्त गरेका छन्। उनका निकतटम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ५ हजार मत पाएका छन्। भट्टराईभन्दा वाग्ले दोब्बरभन्दा अगाडि छन्।

वाग्ले र भट्टराईलाई पछ्याइरहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले २८ सय मत प्राप्त गरेका छन्।

१ लाख २३ हजार ३०५ मतदाता रहेको तनहुँ–१ मा ६३ हजार ७ सय ५७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ। यस क्षेत्रमा ९ उम्मेदवार चुनावी मैदानमा छन्। जिल्ला समन्वय समितिको सभा हलमा दुई ठाउँमा मतगणना जारी छ।

प्रकाशित: Apr 24, 2023| 10:15 सोमबार, वैशाख ११, २०८०
प्रतिक्रिया दिनुहोस्