बिहीबार, वैशाख ३१, २०८३

स्वर्णिमले साढे ७ हजार मत कटाउँदा गोविन्द आधाले पछाडि

 |  सोमबार, वैशाख ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ११, २०८०

काठमाडौं- तनहुँ–१ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता बढाउँदै लगेका छन्।

National life

अहिलेसम्म ११ वडाको मत गणना सकिएको छ। आँबुखैरेनी–१, आँबुखैरेनी–२, आँबुखैरेनी-३, आँबुखैरेनी-४,  भानु–१०, भानु–८, भानु–३, भानु–७, भानु-४ र भानु-११ को मतगणना सकिएको हो।

आइतबार रातिदेखि भएको मतगणनामा बिहान ८ बजेसम्मको मतपरिणामअनुसार १३ हजार ७५९ मत गन्दा वाग्लेले ७ हजार ६२५ मत प्राप्त गरेका छन्। उनका निकतटम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ३ हजार ४७१ मत पाएका छन्। भट्टराईभन्दा वाग्ले ४ हजार १५४ मतले अगाडि छन्।

वाग्ले र भट्टराईलाई पछ्याइरहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले २ हजार २१९ मत प्राप्त गरेका छन्।

१ लाख २३ हजार ३०५ मतदाता रहेको तनहुँ–१ मा ६३ हजार ७ सय ५७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ। यस क्षेत्रमा ९ उम्मेदवार चुनावी मैदानमा छन्। जिल्ला समन्वय समितिको सभा हलमा दुई ठाउँमा मतगणना जारी छ।

उपनिर्वाचन भएका बारा–२ र चितवन–२ मा भने मतगणना सुरु भएको छैन।

प्रकाशित: Apr 24, 2023| 09:47 सोमबार, वैशाख ११, २०८०
प्रतिक्रिया दिनुहोस्