शुक्रबार, साउन ८, २०८३

बारा-२ को मतगणना ११ बजेदेखि

 |  सोमबार, वैशाख ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ११, २०८०

बारा-२ को मतगणना आज बिहान ११ बजेदेखि सुरु हुने भएको छ। आजै बिहान बसेको सर्वदलीय बैठकले ११ बजेदेखि मतगणना सुरु हुने निर्णय गरेको हो।

त्यहाँ आइतबार राति नै सर्वदलीय बैठक बस्ने भनिए पनि हावाहुरी र वर्षाका कारण रोकिएको थियो। बाराको कलैयास्थित मतगणनास्थलमा नेपाली सेनासहितका सुरक्षाकर्मीको रेखदेखमा मतपेटिका राखिएका छन्।

यस क्षेत्रमा जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीबाट शिवचन्द्र प्रसाद कुशवाहा, एमालेबाट पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल र आम जनता पार्टीबाट अरुण ज्ञवालीसहित ३४ उम्मेदवार चुनावी मैदानमा छन्।

प्रकाशित: Apr 24, 2023| 09:39 सोमबार, वैशाख ११, २०८०
प्रतिक्रिया दिनुहोस्