बिहीबार, वैशाख ३१, २०८३

चितवनमा सर्वदलीय बैठक नै बस्न सकेन

 |  सोमबार, वैशाख ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ११, २०८०

चितवन क्षेत्र नम्बर २ मा हिजो सम्पन्न उपनिर्वाचनको मतगणनाका लागि आज बिहान ८ बजे बस्ने भनिएको सर्वदलीय बैठक बस्न सकेको छैन।

National life

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार राजनीतिक दलका प्रतिनिधिहरू मतगणनास्थल नपुगेपछि बैठक बस्न नसकेको हो।

यस क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान गरिएको हो। ७८ हजार दुई सय ७७ मतदाताले मतदान गरेको प्रारम्भिक तथ्यांक छ। यस क्षेत्रमा एक लाख २४ हजार छ सय ९५ जना मतदाता रहेका थिए।

यस क्षेत्रमा लोकतान्त्रिक वाम गठबन्धनबाट कांग्रेसका जितनारायण श्रेष्ठ, एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेसँगै २२ उम्मेदवार चुनावी मैदानमा छन्।

गत मंसिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित लामिछानेको नागरिकताका कारण सर्वोच्च अदालतले बदर गरेपछि उपनिर्वाचन भएको हो। 

प्रकाशित: Apr 24, 2023| 09:34 सोमबार, वैशाख ११, २०८०
प्रतिक्रिया दिनुहोस्