शुक्रबार, साउन ८, २०८३

सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदैछ।
 |  सोमबार, वैशाख ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ११, २०८०

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदैछ। नाबालिकामाथि बलात्कारको आरोप लागेका लामिछानेको मुद्दाको सुनवाई काठमाडौं जिल्ला अदालतमा हुन लागेको हो।

चिकित्सकसहित दुई जना सरकारी साक्षीको बकपत्र सम्पन्न गरेको अदालतले लामिछानेको मुद्दालाई आज पेशीमा राखेको हो।

गत साता दुवै सरकारी साक्षीको बकपत्र भएपछि सोमबारका लागि पेशी तोकिएको हो। सर्वोच्च अदालतले लामिछानेको मुद्दालाई प्राथमिकतामा राखेर फैसला दिन आदेश दिए पनि जिल्ला अदालतले भने अझै फैसाला दिन सकिरहेको छैन। 

प्रकाशित: Apr 24, 2023| 09:15 सोमबार, वैशाख ११, २०८०
प्रतिक्रिया दिनुहोस्