बिहीबार, वैशाख ३१, २०८३

वडाध्यक्षको निधनमा कीर्तिपुर नगरपालिकामा आज शोक बिदा

कीर्तिपुर नगरपालिका-४ का वडाध्यक्ष श्यामकुमार अधिकारीको निधनमा कीर्तिपुर नगरपालिकाले आज नगर क्षेत्रमा शोक बिदा दिएको छ।
 |  सोमबार, वैशाख ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ११, २०८०

काठमाडौं- कीर्तिपुर नगरपालिका-४ का वडाध्यक्ष श्यामकुमार अधिकारीको निधनमा कीर्तिपुर नगरपालिकाले आज नगर क्षेत्रमा शोक बिदा दिएको छ।

National life

वैशाख १ गते मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते हुनुभएका अधिकारीको उपचारको क्रममा हिजो अन्नपूर्ण न्यूरो अस्पताल माइतीघरमा निधन भएको हो। चम्पादेवी मन्दिर जाने बाटो मर्मत गरेर फर्कने क्रममा उनी सवार मोटरसाइकल दुर्घटनामा परेको थियो।

मोटरसाइकलको पछाडि रहनुभएका वडाध्यक्ष अधिकारीको टाउकोमा गम्भीर चोट लागेको थियो। आज उनीप्रति श्रद्धाञ्जली अर्पण गरेपछि अन्त्येष्टि गर्ने तयारी भएको कीर्तिपुर नगरपालिकाले जनाएको छ।

पोहोर भएको पालिका चुनावमा स्वतन्त्र उम्मेदवार बनेर कीर्तिपुर ४ को वडाध्यक्षमा निर्वाचित भएका थिए।

342531326_1305901546630974_4588129877907180869_n_KyqzpGgufK1682304694.jpg

प्रकाशित: Apr 24, 2023| 08:40 सोमबार, वैशाख ११, २०८०
प्रतिक्रिया दिनुहोस्