बिहीबार, वैशाख ३१, २०८३

चितवनमा सर्वपक्षीय बैठक बिहान ८ बजे बस्दै

उपनिर्वाचन भएको चितवन- २ को मतगणना सुरु हुनुअघि सोमबार बिहान ८ बजे सर्वपक्षीय बैठक बस्ने भएको छ।
 |  सोमबार, वैशाख ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ११, २०८०

काठमाडौं– उपनिर्वाचन भएको चितवन- २ को मतगणना सुरु हुनुअघि सोमबार बिहान ८ बजे सर्वपक्षीय बैठक बस्ने भएको छ।

National life

सर्वपक्षीय बैठक २०८० बैशाख ११ गते बिहान ८ बजे बस्ने भएकाले सो बैठकमा सम्बन्धित उम्मेदवार वा निजको प्रतिनिधि गरी २ जनाका दरले उपस्थितिका लागि अनुरोध गरिएको सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले एक सूचना जारी गर्दै भनेका छन्।

त्यहाँ रास्वपाका उम्मेदवार रवि लामिछानेले आचारसंहिता उल्लंघन गरेको र त्यसको निर्क्यौल भएपछि मात्रै बाँकी प्रक्रिया अगाडि बढाउनुपर्ने कांग्रेसको अडान थियो।

मंसिर ४ मा सम्पन्न निर्वाचनमा चितवन- २ मा रास्वपाका रवि लामिछाने विजयी भएका थिए। तर नागरिकता विवादमा सर्वोच्चको फैसलापछि पद गुमाएका कारण पुनः निर्वाचन भएको हो।

यहाँ रास्वपाका रवि लामिछाने, कांग्रेसका जीतनारायण श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपाने लगायतका उम्मेदवार छन्।

प्रकाशित: Apr 24, 2023| 08:02 सोमबार, वैशाख ११, २०८०
प्रतिक्रिया दिनुहोस्