काठमाडौं- बारा क्षेत्र नम्बर २ मा उपनिर्वाचनको मतगणना आज बिहानदेखि सुरु हुने भएको छ।
गएरातिदेखि नै मतगणना सुरु गर्ने भनिए पनि सर्वदलीय बैठकमा ढिलाइ भएकाले आज बिहानदेखि मतगणना हुने मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए। सर्वदलीय बैठक सकेर बिहान ९ वा १० बजेदेखि मतगणना सुरु गर्ने तयारी रहेको उनको भनाइ छ।
मतगणनाका लागि स्थान निर्धारण गरिएको बारा सदरमुकाम कलैयामा रहेको शैक्षिक तालिममा सुरक्षा व्यवस्था कडा पारिएको छ। बारा क्षेत्र नम्बर २ मा ६५ प्रतिशत मतदान भएको थियो। यो निर्वाचन क्षेत्रमा ५८ हजार नौ सय ३४ पुरुष र ४६ हजार तीन सय १४ महिला गरी कुल १ लाख ५ हजार २ सय ४८ मतदाता छन्।
यो क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ३४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।