काठमाडौं- उपनिर्वाचन भएका तीन क्षेत्रमध्ये बारा- २ र चितवन- २ मा आजमात्रै मतगणना सुरु हुने भएको छ।
सोमबार बिहान सर्वदलीय बैठक बसेपछि मात्रै ती दुई क्षेत्रमा मतगणना सुरु हुने भएको हो। बारा- २ मा बिहान ६ बजेका लागि सर्वदलिइ बैठक बोलाइएको छ। चितवनमा पनि आजै सर्वदलीय बैठक बोलाइएको छ।
ती दुवै क्षेत्रमा मतपेटिका भने आइतबार राति नै संकलन भइसकेको छ। आइतबार राति मतपेटिका संकलन हुन नसकेकाले मात्रै मतगणना कार्य सुरु नभएको हो।
उपनिर्वाचन भएको अर्को क्षेत्र तनहुँमा भने मतगगणना जारी छ। प्रारम्भिक मतपरिणाम अनुसार त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले फराकिलो अग्रता लिइरहेका छन्।