बिहीबार, वैशाख ३१, २०८३

चितवन-२ मा ८ बजे सर्वदलीय बैठक बसेपछि गणना सुरु हुने

 |  सोमबार, वैशाख ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ११, २०८०

चितवन–२ को मतगणना सुरु गर्नका लागि सोमबार बिहान ८ बजेका लागि सर्वपलीय बैठक आह्वान भएको छ।

National life

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सूचना जारी गर्दै सोमबार बिहान ८ बजेका लागि सर्वपक्षीय बैठक तय भएको जानकारी गराएको छ। 

बैठकमा सम्बन्धित उम्मेदवार वा निजको प्रतिनिधि गरी २ जनाका दरले उपस्थितिका लागि अनुरोध गरिएको छ। आइतबार सम्पन्न उपनिर्वाचनको सम्पूर्ण मतपेटिका संकलन गरेर मतगणना स्थलमा लगिएको भए पनि कांग्रेसका अडानका कारण साँझ बस्ने भनिएको सर्वदलीय बैठक बस्न सकेन। 

कांग्रेसले रास्वपाका उम्मेदवार रवि लामिछानेविरुद्ध परेको उजुरीको छिनोफानो नभएसम्म आफूहरुले मतगणना हुन नदिने अडान लिएको छ। चितवन २ मा लामिछाने, कांग्रेसका जितनारायण बस्नेतसहित २२ जना उम्मेदवार रहेका छन्। 

प्रकाशित: Apr 24, 2023| 05:39 सोमबार, वैशाख ११, २०८०
प्रतिक्रिया दिनुहोस्