काठमाडौं- बारा क्षेत्र नम्बर २ मा उपनिर्वाचनको मतगणनाबारे निर्णय गर्न सर्वदलीय बैठक आज बिहान बस्ने भएको छ।
बैठक सोमबार बिहान ६ बजे बस्ने निर्वाचन आयोगका जिल्ला निर्वाचन अधिकारी सरोज चौधारीले जानकारी दिए।
हिजो भएको मतदानमा बारा–२ मा ६४ प्रतिशत मत खसेको छ।
यो क्षेत्रमा जसपाबाट अध्यक्ष उपेन्द्र यादव, जनमतबाट शिवचन्द्र कुशवाह, नेकपा (एमाले)बाट पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेलसहित उम्मेदवार छन्।