शुक्रबार, साउन ८, २०८३

तनहुँमा स्वर्णिमलाई दोब्बरभन्दा बढी मतको अग्रता

 |  सोमबार, वैशाख ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ११, २०८०

तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा स्वर्णिम वाग्लेले दोब्बर भन्दा बढीको अग्रता बनाएका छन्। पछिल्लो मतपरिणाम अनुसार उनले २ हजार ७६५ मत प्राप्त गरेका छन्। 

नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले जम्मा १२८५ मत प्राप्त गरेका छन्। भट्टराईलाई माओवादी केन्द्र र एकीकृत समाजवादीको समेत समर्थन रहेको छ। 

यस्तै एमालेका उम्मेदवार सर्वेन्द्र खनाल ८२० मत पाउँदै तेस्रो स्थानमा रहेका छन्। 

अन्य उम्मेदवारले भने २० मत पनि कटाउन सकेका छैनन्। गए रातिदेखि सुरु भएको तनहुँको मतगणना जिल्ला समन्वय समितिको कार्यालय दमौलीमा भइरहेको छ।  

प्रकाशित: Apr 24, 2023| 05:19 सोमबार, वैशाख ११, २०८०
प्रतिक्रिया दिनुहोस्