चितवन- चितवनको भरतपुरस्थित चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा चितवन-२ का सबै मतपेटिका ल्याइएको छ।
चितवन २ को मतगणनास्थल चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा बनाइएको छ।
राति ९ बजेभित्र चितवन-२ का सबै ४३ मतदानस्थलका १३८ मतदान केन्द्रका मतपेटिकाहरू भरतपुर गणना स्थलमा ल्याउने काम सकिएको सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए।