शुक्रबार, साउन ८, २०८३

तनहुँ १ मा आजै राती १२ बजेदेखि मत गन्न सुरु गरिने

 |  आइतबार, वैशाख १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १०, २०८०

तनहुँ- तनहुँ क्षेत्र नम्बर १ मा आजै राती १२ बजेदेखि मतगणना गर्ने तयारी छ। अहिले मतपेटिका संकलनको काम चलिरहेको छ। राती नै सर्वदलीय बैठक बसेर गणना सुरु गर्ने जिल्ला निर्वाचन अधिकृत हरिप्रसाद ढकालले जानकारी दिए।

गणनाका लागि जिल्ला समन्वय समितिको कार्यालयमा दुईवटा कोठा तयार गरिएको छ। गणनास्थलमा तारजाली छ भने सिसी टिभी क्यामेरा जोडिएको छ। तनहुँको गणना मंगलबारसम्म सकिने ढकालको भनाई छ।

मतपेटिका संकलन गर्न करिव ५ घण्टा लाग्ने बताइएको छ। आइतबार भएको निर्वाचनमा ६३ हजार ७ सय ५७ मत खसेको छ। यहाँ १ लाख २३ हजार ३ सय ५ मतदाता थिए।

प्रकाशित: Apr 23, 2023| 21:20 आइतबार, वैशाख १०, २०८०
प्रतिक्रिया दिनुहोस्