बिहीबार, वैशाख ३१, २०८३

रास्वपाले दियो मतदातालाई धन्यवाद

 |  आइतबार, वैशाख १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १०, २०८०

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन क्षेत्र नम्बर २, तनहुँ क्षेत्र नम्बर १ र बारा क्षेत्र नम्बर २ का मतदाता र आम स्थानीयलाई धन्यवाद ज्ञापन गरेको छ।

National life

पार्टीले आफ्नो आधिकारिक फेसबुकपेजमार्फत आजको उपनिर्वाचनमा सक्रिय सहभागीता जनाएको र माया र सहयोग गरेको भन्दै धन्यवाद ज्ञापन गरेको हो।


यस्तो छ रास्वपाको धन्यवादको पूर्णपाठ

तनहुँ क्षेत्र नम्बर १, चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ बासी बुबा आमा, दाजुभाइ दिदीबहिनीहरूमा नमस्कार !
तपाईंहरूको अपार माया, सहयोग र सद्‍भावले २० दिनको चुनावी यात्रा आजको निर्वाचन सम्पन्न भए पश्चात पूरा भएको छ।
तपाईँहरूले आज आफ्नो मताधिकार प्रयोग गरेर देशको लोकतन्त्रलाई मजबुत बनाइदिनु भएकोमा हार्दिक आभार प्रकट गर्न चाहन्छौं।
हाम्रो चुनावी यात्रामा अहोरात्र आफ्नो समय उपलब्ध गराइ देशको परिवर्तनका लागि तपाईंहरूले खेल्नु भएको भूमिकाका लागि धन्यवाद ज्ञापन गर्दछौं।
सुरक्षा निकाय, निर्वाचन आयोग र सबै निकायले यस निर्वाचन सम्पन्न गर्न खेल्नु भएको भूमिकाको लागि विशेष धन्यवाद। साथै आम सञ्चार माध्यमका साथीहरूलाई पनि धन्यवाद ज्ञापन गर्न चाहन्छौं।
आगामी दिनहरूमा तपाईँहरूकै माझ रहने र नियमित सम्पर्कमा रहने पनि वाचा गर्दछौं।
अन्तमा, निर्वाचनको दौरान प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउनु हुने नेपाल तथा नेपालबाहिरका तपाईंहरू सबैमा हार्दिक आभार व्यक्त गर्दछौं।
राष्ट्रिय स्वतन्त्र पार्टी

प्रकाशित: Apr 23, 2023| 19:58 आइतबार, वैशाख १०, २०८०
प्रतिक्रिया दिनुहोस्