शनिबार, साउन ९, २०८३

रास्वपा उम्मेदवार वाग्लेलाई आयोगको २४ घण्टे स्पष्टीरण

 |  आइतबार, वैशाख १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १०, २०८०

काठमाडौं- तनहुँ-१ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ।

प्रचारप्रसार निषेधको अवधिमा आइतबार सामाजिक सञ्जालमार्फत रास्वपा सभापति रवि लामिछानेको स्टाटस सेयर गरी मतदाता प्रभावित पार्ने काम गरेको उजुरी परेपछि निर्वाचन आयोग जिल्ला संहिता अनुगमन समिति तनहुँले वाग्लेलाई कारण पेस गर्न भनेको हो।

'निर्वाचन आचारसंहिता २००९ को दफा १७ (ग) र (घ) प्रतिकूल हुने गरी सामाजिक सञ्जालमार्फत रवि लामिछानेको स्टाटस शेयर गरी मतदाता प्रभावित पार्ने हतकण्डा अपनाएको भन्ने उजुरी प्राप्त भएको सन्दर्भमा निजसँग सो सम्बन्धमा आचारसहिंता प्रतिकूल हुने गरी मतदाता प्रभावित पार्ने कार्य गर्नुभएको हो/होइन?' पत्रमा लेखिएको छ।

786775761682257496.jpg

प्रकाशित: Apr 23, 2023| 19:24 आइतबार, वैशाख १०, २०८०
प्रतिक्रिया दिनुहोस्