बिहीबार, वैशाख ३१, २०८३

तनहुँमा ५२ प्रतिशत मत खस्यो

 |  आइतबार, वैशाख १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १०, २०८०

National life

तनहुँ- तनहुँ निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभाका लागि आइतबार भएको उपनिर्वाचनमा ५२ प्रतिशत मत खसेको छ। बिहान ७ देखि सुरु भएको मतदान दिउँसो सवा ५ बजेसम्म भएको हो। 

मतदानका लागि ६९ मतदानस्थल र एक सय ५२ मतदान केन्द्रमा एकै साथ मतदान सुरु गरिएको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए। शान्त र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न एक हजार तीन सय ६८ जना कर्मचारी परिचालन गरिएको थियो। 

मतदान केन्द्रहरूमा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, अशक्त अवस्थाका मतदाताका लागि सहज व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए। तनहुँ निर्वाचन क्षेत्र नं १ मा ५ वडा पालिकाका ४२ वटा वडामा मतदान हुनेछ। उक्त क्षेत्रमा महिलातर्फ ६३ हजार सात सय ६५ र पुरुषतर्फ ५९ हजार पाँच सय ४० गरी कूल एक लाख २३ हजार तीन सय पाँचजना मतदाताले मतदान छन्।  
 

प्रकाशित: Apr 23, 2023| 19:03 आइतबार, वैशाख १०, २०८०
प्रतिक्रिया दिनुहोस्