बिहीबार, वैशाख ३१, २०८३

उपनिर्वाचनको अन्तिम परिणाम मंगलबारसम्ममा

बारा-२ मा शिक्षा तालिम केन्द्र कलैया, चितवन-२ मा उद्योग वाणिज्य संघको हल भरतपुर र तनहुँ-१ मा जिल्ला समन्वय समिति परिसर दमौलीमा मतगणना गर्ने तयारी छ।
 |  आइतबार, वैशाख १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १०, २०८०

काठमाडौं- रिक्त भएको प्रतिनिधिसभा सदस्यका लागि बारा-२, चितवन-२ र तनहुँ-१ मा आइतबार शान्तिपूर्ण र उत्साहजनक रुपमा उपनिर्वाचन भएको छ। 

National life

तीन वटै क्षेत्रमा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। आयोगको प्रारम्भिक विवरणअनुसार तीनवटै क्षेत्रमा औषतमा ६० प्रतिशत मतदान भएको छ। यद्यपि मतदानको विवरण भने आयोगको सूचना प्रणालीमा प्रविष्टि हुने क्रममा रहेको आयोगले जनाएको छ।

आयोगका अनुसार बारा-२ मा ६४ प्रतिशत, चितवन-२ मा ६३ प्रतिशत र तनहुँ-१ मा ५३ प्रतिशत मतदान भएको छ। मतदान सम्पन्न भएका सबै मतदानस्थलबाट साँझदेखि नै मतपेटिका संकलन कार्य भइरहेको छ।

स्थानीय प्रशासन र मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनाको तयारीसमेत गरिसकेका छन्। आयोगका अनुसार बारा-२ मा शिक्षा तालिम केन्द्र कलैया, चितवन-२ मा उद्योग वाणिज्य संघको हल भरतपुर र तनहुँ-१ मा जिल्ला समन्वय समिति परिसर दमौलीमा मतगणना गर्ने तयारी छ।

बारामा साँझ ८ बजेसम्ममा मतपेटिका संकलन भइसक्ने अनुमान छ भने चितवनमा १० र तनहुँमा राति ११ बजेभित्र मतपेटिका संकलन भइसक्ने अनुमान छ।

प्रकाशित: Apr 23, 2023| 18:48 आइतबार, वैशाख १०, २०८०
प्रतिक्रिया दिनुहोस्