काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व प्रधानमन्त्रीहरुको बैठक बोलाएका छन्। आइतबार साँझ बालुवाटारमा उनले पूर्वप्रधानमन्त्रीसँग समसामयिक विषयमा छलफल गरेका हुन्।
बैठकमा प्रधानमन्त्री दाहालले वैशाख अन्तिम साता हुने भारत भ्रमणका बारेमा सुझाव मागेका छन्। संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्याउने विषयमा पनि कुराकानी भएको बताइएको छ।