चितवन-२ को मतगणना उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भएको छ। मतगणनाका लागि आवश्यक सबै तयारी भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
मतगणनास्थलमा तारजाली र सिसिटिभी जडान गरिएको छ। कार्यालयले वैशाख १३ गतेसम्ममा मतगणनाको पूर्ण नतिजा आउने विश्वास लिएको छ।
मतगणना आज रातिदेखि नै सुरु गर्ने तयारी भएको छ। राति ९ बजेसम्म मतपेटिका संकलन गरिने र त्यसपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिनेछ।
चितवनमा कुल १ लाख २४ हजार ६९५ मतदाताका लागि ४३ मतदान स्थलमा १३८ मतदान केन्द्र निर्धारण गरिएको थियो। त्यहाँ गत मंसिर ४ को निर्वाचनमा ६८ प्रतिशत मत खसेको थियो। सो निर्वाचनमा ८४ हजार १७ मत खसेको खसेको थियो भने रवि लामिछानेले जितेका थिए।