बिहीबार, वैशाख ३१, २०८३

रविविरुद्ध चितवन कांग्रेसको उजुरी

 |  आइतबार, वैशाख १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १०, २०८०

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ।

National life

चितवन २ मा रास्वपाका उम्मेदवार लामिछानेले मतदानस्थलहरु निरीक्षणका क्रममा मतदातालाई प्रभावित गर्ने उद्देश्यले कार्यकर्तामार्फत हुलहुज्जत गराएको भन्दै कांग्रेस प्रतिनिधिले निर्वाचन आयोगमा उजुरी दिएका हुन्।

निर्वाचन प्रक्रिया सूचारु भइरहेको अवस्थामा सामाजिक सञ्जाल र अनलाइन मिडियाबाट लामिछानेले मत मागेको अडियो/भिडियो सार्वजनिक भएको भन्दै कारबाहीका लागि माग गरिएको छ। ने

पाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठका प्रतिनिधि ध्रवराज पोखरेलले मुख्य निर्वाचन अधिकृतको कार्यालय, चितवन क्षेत्र नं. २ मा उजुरी दिएका हुन्।

 

 

Chitwan_2_2LX4cveKx11682251611.jpg

प्रकाशित: Apr 23, 2023| 17:50 आइतबार, वैशाख १०, २०८०
प्रतिक्रिया दिनुहोस्