काठमाडौं- तीन क्षेत्रमा भएको उपनिर्वाचन अन्तर्गत सबैभन्दा धेरै बारा-२मा मतदान भएको छ। बारामा ५८ प्रतिशत मत खसेको प्रारम्भिक रिपोर्ट छ। यसमा केही थपघट हुन सक्छ।
चितवन-२ मा ५५ प्रतिशत मत खसेको छ। सबैभन्दा कम तनहुँ-१ मा मत खसेको छ। त्यहाँ ५५ प्रतिशत मत खसेको रिपोर्ट छ।
बिहान ७ बजेदेखि भएको मतदान साँझ ५ बजेसम्म चलेको थियो। चितवनमा भने दिउँसो करिब दुई घण्टा रोकिएका कारण समय थपिएको छ। मतपेटिका संकलन भएपछि सर्वदलीय बैठक बसेर आजै गणना सुरु गर्ने तयारी छ।