बिहीबार, वैशाख ३१, २०८३

'संखुवासभाको किमाथांका नाका सञ्चालन गर्ने तयारी भइरहेको छ'

 |  आइतबार, वैशाख १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १०, २०८०

काठमाडौं- परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले संखुवासभा जिल्लाको उत्तरी सीमानाका किमाथांका सुचारु गर्ने विषयलाई उच्च प्राथमिकता दिने प्रतिवद्धता जनाएका छन्।

National life

आइतबार मन्त्रालयमा संखुवासभा जिल्लाका प्रतिनिधि र कोशी प्रदेशका सांसदहरूले संयुक्त रुपमा किमाथांका नाका खोल्न चीन सरकारसँग पहल गरिदिन बुझाएको ध्यानाकर्षण पत्र ग्रहण गर्दै मन्त्री साउदले किमथांका नाका सञ्चालन गर्ने कुरा आफ्नो पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता जनाए।

उनले किमाथांका नाका ऐतिहासिक नाका भएको र पूर्वको व्यापार व्यवसायलाई प्रत्यक्ष फाइदा पुग्ने नाका भएकाले नाका खोल्नेकुरा पहिलो प्राथमकितामा राख्ने बताए। उनले नेपाल र चीन बीचको सम्बन्धलाई बढाउन र व्यापार व्यवसाय पनि बिस्तार गर्नका लागि किमथांका नाका सहज र छोटो दुरीको माध्यम बन्ने बताए।

उनले चीन सरकारसँग नाका खोल्नका लागि आवश्यक पहल गर्ने बताए। जिल्लाका प्रतिनिधिहरूले नेपालका लागि व्यवसायिक हिसावमा चीनसँगको नाकाहरू महत्वपूर्ण भएकाले सबै नाकाहरू खुलाउन समेत पहल गर्न आग्रह गरेका छन्।

पहिचानमा रहेका थोरै सीमानाकाहरू मध्ये संखुवासभा जिल्लास्थित उत्तरको नाका किमाथांकालाई खुलाउन विशेष जोड गर्न आग्रह गरेका छन्।

प्रकाशित: Apr 23, 2023| 16:28 आइतबार, वैशाख १०, २०८०
प्रतिक्रिया दिनुहोस्