बिहीबार, वैशाख ३१, २०८३

छिटै समाजवादी मोर्चा घोषणा गर्छौं : माधव नेपाल

 |  आइतबार, वैशाख १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १०, २०८०

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विचार मिल्नेबीच समाजवादी मोर्चा बनाएर जाने बताएका छन्।

National life

कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले विचार र कार्यशैली मिल्नेसँग मिलेर अघि बढ्ने बताएका हुन्।

आफ्नो पार्टीको केन्द्रीय कमिटीले नै उक्त मोर्चा निर्माणका लागि निर्णय गरिसकेको नेपालको भनाइ छ। नेपालले माओवादी केन्द्रका अध्यक्ष एवं  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि त्यसका लागि ताकेकता गरिरहेको बताए।

उनले भने, ‘हाम्रो पार्टीले वाम-समाजवादी मोर्चाको नीति अघि सारेको छ। समाजवादी मोर्चा निर्माण गर्ने सोच र योजना अघि सारेको छ। प्रधानमन्त्रीज्यूलाई धन्यवाद। उहाँले पनि समाजवादी मोर्चाको काम गरौं भनेर ताकेता गरिरहनुभएको छ। छिटै समाजवादी मोर्चा घोषणा गर्दैछौं। अरुसँग पनि कुरा गर्दैछौं।’

उनले विचार पनि मिल्यो,  नीत,  कार्यदिशा, संगठान्मक सोच,  कार्यशैली र मन पनि मिल्यो भने एउटै पार्टी बन्न सक्ने बताए। प्रचण्डलाई लक्षित गर्दै थपे, ‘हाम्रो दिलको धड्कन उस्तै-उस्तै धड्किरहेको छ। कम्युनिस्ट मिलिदियो हुन्थ्यो भन्ने जनताको चाहना छ।’

सोही कार्यक्रममा त्यसअघि बोलेका प्रचण्डले फेरि नेकपातिरै फर्किनुपर्ने समय आएको बताएका थिए। नेपाललगायतसँग छलफल भइरहेको बताएका थिए।

प्रकाशित: Apr 23, 2023| 16:26 आइतबार, वैशाख १०, २०८०
प्रतिक्रिया दिनुहोस्