चितवन- चितवन निर्वाचन क्षेत्र नम्बर २ को राष्ट्रिय मावि कृष्णपुरमा मतदान पुनः सुचारु भएको छ। मतदानस्थल अगाडि नाराबाजी भएपछि मतदान रोकिएको थियो।
आचारसंहिता उल्लघंन गर्नेलाई आयोगले नै कारबाही गर्ने सहमति भएपछि मतदान पुनः सुचारु भएको मतदान अधिकृत रमेशकुमार श्रेष्ठले बताए।
यस क्षेत्रमा बिहान ७ वजे देखि ४३ स्थलका १३८ केन्द्रमा मतदान जारी छ । मतदान साँझ ५ बजेसम्म सञ्चालन हुने मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले जनाएको छ। यस क्षेत्रमा १ लाख २४ हजार ६९५ जना मतदाता रहेका छन्।