बिहीबार, वैशाख ३१, २०८३

रास्वपाले माफी माग्ने भएपछि रोकिएको मतदान सुचारु

 |  आइतबार, वैशाख १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १०, २०८०

काठमाडौं- चितवन-२ मा रोकिएको मतदान सुचारु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले आचारसंहिता उल्लंघन गरेको स्वीकार गरेर माफी मागेर निर्वाचन आयोग पठाउने सहमतिपछि मतदान सुचारु भएको हो।

National life

मतदान रोकिएपछि बसेको सर्वदलीय बैठकमा सहमति जुटेपछि अवस्था सहज बनेको हो। नेपाली सेनासहित प्रहरीले मतदान केन्द्रमा कडा सुरक्षा व्यवस्था मिलाएको छ। मतदान केन्द्रको ३ सय मिटर वरपर क्षेत्रमा कडा सुरक्षा व्यवस्था मिलाउने पनि सहमति भएको छ। यहाँ साढे ३ घन्टा मतदान रोकिएको थियो।

चितवन-२ को उपनिर्वाचनका क्रममा भरतपुर महानगरपालिका-११ भोजाडस्थित नयाँ किरण कमल कुसुम मावि केन्द्रमा र भरतपुरकै वडा नम्बर ७ स्थित कृष्णपुर मावि केन्द्रमा मतदान रोकिएको थियो।

मतदान भइरहेको बेला तनावको स्थिति उत्पन्न भएपछि मतदान रोकिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नम्बर २ का उपनिर्वाचन उम्मेदवार रवि लामिछानेका समर्थकहरुले नाराबाजी गरेपछि तनाव सिर्जना भएको थियो।

रवि लामिछाने भरतपुर–१२ को मोहन माविबाट नयाँ किरण मावि भोजाडमा जाँदा उनका समर्थकहरूले पक्षमा नारावाजी गरेका थिए। मतदानस्थलमा नाराबाजी गरेको भन्दै त्यसको विरोध अन्य दलले गरेपछि तनाव उत्पन्न भएको हो।

प्रकाशित: Apr 23, 2023| 15:20 आइतबार, वैशाख १०, २०८०
प्रतिक्रिया दिनुहोस्