बिहीबार, वैशाख ३१, २०८३

दिउँसो दुई बजेसम्म कहाँ कति मत खस्यो?

 |  आइतबार, वैशाख १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १०, २०८०

काठमाडौं- प्रतिनिधिसभाको उपनिर्वाचन अन्तर्गत आज आइतबार तीनवटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ।

National life

आयोगका अनुसार दिउँसो दुई बजेसम्म तीनवटै क्षेत्रमा एक तिहाइ हाराहारीमा मतदान भएको छ। सबैभन्दा बढी बारा-२ मा ३८ प्रतिशत मतदान भएको आयोगले जनाएको छ।

त्यस्तै चितवन-२ मा ३५ प्रतिशत मतदान भएको छ। तनहुँ-१ मा ३१ प्रतिशत मतदान भएको आयोगमा रिपोर्टिङ भएको छ। बारा-२ मा एक लाख पाँच हजार २४८ मतदाता छन्। त्यसमध्ये ४० हजार मत खसेको आयोगले जनाएको छ।

चितवन-२ मा एक लाख २४ हजार ६९५ मतदाता छन्। जसमध्ये ४४ हजार २१३ जनाले मत दिएका छन्।

यसैगरी तनहुँ-१ मा एक लाख २३ हजार ३०५ मतदाता छन्। उनीहरूमध्ये ३८ हजार ७७० जनाले मतदान गरेका छन्। तीन वटै निर्वाचन क्षेत्रमा बिहान ७ बजेदेखि मतदान जारी छ। मतदाताको उत्साहपूर्ण सहभागिता रहेको आयोगले जनाएको छ। मतदानको समय साँझ ५ बजेसम्मलाई तोकिएको छ।
 

प्रकाशित: Apr 23, 2023| 14:34 आइतबार, वैशाख १०, २०८०
प्रतिक्रिया दिनुहोस्