काठमाडौं- चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले तत्काल आफूलाई मतदानस्थलमा जाने अवस्था नरहेको बताएका छन्।
आफूमाथि हुलहुज्जत भएपछि उनले फेसबुक लाइभमा आउँदै उनले एउटा माघले जाडो नजाने बताए। अन्य पार्टीलाई चितवनका जनताले हेरिरहेको भन्दै उनले संयम बन्न पनि आग्रह गरेका छन्।
‘जुन किसिमको घटना भएको छ, यसलाई जनताले हेरेका छन्। सामान्य स्वागतको कुरा थियो। हामी झडप र गुण्डागर्दीमा विश्वास गर्दैनौं’, उनले भने। निर्वाचन आचारसंहिताको उल्लंघन गरेको भन्दै मतदान केन्द्रमा मतदातासँग कुराकानी गरिरहेको अवस्थामा उनीमाथि हुलहुज्जत भएको थियो।
तनावपछि भरतपुर-११ को नयाँ किरण माविमा मतदान स्थगित भएको छ।