बिहीबार, वैशाख ३१, २०८३

मतदान चल्दै गर्दा रविलाई हर्क साम्पाङको शुभकामना

 |  आइतबार, वैशाख १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १०, २०८०

काठमाडौं- धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेलाई जितको शुभकामना दिएका छन्।

National life

प्रतिनिधिसभा उपचुनावअन्तर्गत मतदान भइरहेका बेला मेयर साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेलाई जितका लागि शुभकामना दिएका हुन्। मेयर साम्पाङले आफ्नो फेसबुकमा लेखेका छन्- ‘अल द बेस्ट रविजी !’ 

यसअघि मंसिर ४ को चुनावमा पनि चितवन-२ बाट प्रतिनिधिसभा सदस्यमा रवि विजयी भएका थिए। तर नागरिकतासम्बन्धी मुद्दामा अदालतले उनलाई दोषी ठहर गरेपछि पद गएको हो। यसैकारण अहिले उपनिर्वाचन भइरहेको हो। 

आज नै बारा २ र तनहुँ १ मा पनि उपनिर्वाचन भइरहेको छ। मंसिरको चुनावमा बारा २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि त्यहाँ पुनः चुनाव गरेर सांसद चुन्न लागिएको हो। यस्तै तनहुँ १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी रामचन्द्र पौडेल राष्ट्रपति बनेकाले त्यहाँ उपचुनाव गरिएको हो।   

प्रकाशित: Apr 23, 2023| 12:35 आइतबार, वैशाख १०, २०८०
प्रतिक्रिया दिनुहोस्