काठमाडौं- शान्तिपूर्ण रुपमा भइरहेको मतदान खल्बल्याउन खोज्ने चार जनालाई बारामा प्रहरीले पक्राउ गरेको छ।
बाराको देउतल गाउँपालिका-७ पिपलपातीमा आइतबार बिहानैदेखि सुरु भएको उपनिर्वाचनको शान्तिपूर्ण वातावरण खल्बल्याउन खोजेको भन्दै प्रहरीले उनीहरुलाई समातेको हो।
पक्राउ पर्नेमा रौतहटका ३ जना र बारा पर्सौनीका १ जना छन्। बारा-२, चितवन-२ र तनहुँ-१ मा आज मतदान भइरहेको छ। बिहान सात बजे सुरु भएको मतदान साँझ ५ बजे सकिनेछ।