काठमाडौं- नुवाकोटको मेगाङ गाउँपालिका-४ किम्ताङमा भरूवा बन्दुकको छर्रा लागेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँका ३२ वर्षीय पन्जा घले रहेका छन्।
स्थानीय गङमरङ सामुदायिक वनमा घले र ३० वर्षीय अमृत तामाङ शिकार खेल्न गएका थिए। अगाडि हिँडेका अमृत एक्कासी लड्दा उनको साथमा लोड अवस्थामा रहेको भरूवा बन्दुक पड्किएको थियो।
बन्दुकको छर्रा लागेका घलेको मृत्यु भएको नुवाकोट प्रहरीले जानकारी दिएको छ। भरुवा बन्दुकसहित तामाङलाई नियन्त्रणमा लिई आवश्यक कारबाही भइरहेको प्रहरीले जानकारी दिएको छ।