काठमाडौं- जनमत पार्टीका अध्यक्ष सिके राउतले बारा २ मा आफ्नो पार्टीका उम्मेदवार दोब्बर मतान्तरले जित्ने दाबी गरेका छन्।
बारा २ मा जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा उम्मेदवार छन्। यहाँबाट निर्वाचित रामसहाय यादव उपराष्ट्रपति बनेपछि उपनिर्वाचनअन्तर्गत आज मतदान भइरहेको छ।
मतदान केन्द्रको निरीक्षणका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष राउतले जनताले न्याय गर्ने र दोब्बर मतान्तरले जित्ने दाबी गरेका हुन्। जसपाको जंगलराज अन्त्य गर्न ब्यालेट बक्समार्फत जवाफ दिने उनले बताए।