काठमाडौं- निर्वाचन आयोगले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई स्पष्टीकरण सोधेको छ।
बारा-२ मा भइरहेको उपनिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी कार्य गरेको भन्दै आयोगले आइतबार स्पष्टीकरण सोधेको हो।
'अनुमतिबीनै पचरौता नगरपालिका क्षेत्रमा के कति कारणले जानु भएको हो? तपाईं त्यहाँ जाँदा प्रयोग गरेको सवारी साधन र सुरक्षा व्यवस्था सरकारी हो, होइन? तपाईंलाई कारवाही किन नगर्ने?,' भनी २४ घण्टे स्पष्टीकरण सोधिएको छ ।
पार्टी अध्यक्ष उपेन्द्र यादवको चुनावी प्रचारका क्रममा आचारसंहिता उल्लंघन गरेको आरोप उनीमाथि छ।