बिहीबार, वैशाख ३१, २०८३

मतदानस्थल डुलिरहेका रवि लामिछानेले भने- उत्साहित छु

 |  आइतबार, वैशाख १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १०, २०८०

काठमाडौं- चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अघिल्लो पटक भन्दा राम्रो नतिजा आउनेमा आफू आशावादी रहेको प्रतिक्रिया दिएका छन्।

National life

उपनिर्वाचनका क्रममा चितवनका विभिन्न मतदानस्थलहरुको अवलोकन गर्ने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले मतदातामा आशा र उत्साह देखिएको भन्दै आफूमा पनि उत्साह बढेको सुनाए।

‘बिहानदेखि उत्साह देखिएको छ। त्यसलाई मैले सकारात्मक रूपले लिएको छु। यद्यपि मतदाता कति उपस्थित हुनुहुन्छ थाहा छैन तर पनि नतिजा सकारात्मक हुन्छ भन्नेमा विश्वस्त छु’, लामिछानेले भने।

उनी आफैंले भने भोट हाल्न पाउनेछैनन्। किनकी उनको मतदाता नामावली काठमाडौंमा छ। यसअघि गत मंसिर ४ मा भएको निर्वाचनमा सो क्षेत्रबाट लामिछाने निर्वाचित भएका थिए। तर नागरिकतासम्बन्धी मुद्दामा अदालतको फैसलाबाट उनी पदमुक्त भएपछि आयोगले रिक्त रहेको पदमा उपनिर्वाचनका लागि मतदान गराएको हो। चितवन-२ मा एक लाख २४ हजार ६९५ मतदाता छन्।
 

प्रकाशित: Apr 23, 2023| 10:17 आइतबार, वैशाख १०, २०८०
प्रतिक्रिया दिनुहोस्