वीरगञ्ज- जनमत पार्टीका अध्यक्ष सिके राउतले पचरौता नगरपालिकाको बेल्दारी बुथ कब्जा भएको आरोप लगाएका छन्।
बारा-२ मा राउतको पार्टीबाट शिवचन्द्र कुशवाहा उम्मेदवार छन्। राउतले जसपाका कार्यकर्ताले बुथ कब्जा गरेको आरोप लगाएका हुन्। ‘बेलडारी, झिटकैयासहित अरु १-२ वटा बुथहरु अहिले पनि कब्जा भएको स्थिति छ,’ राउतले भने, ‘हामीले प्रशासनलाई आग्रह गरेका छौं ।’ उनले पचरौताको बेलडारी बुथमा आफ्ना प्रतिनिधिलाई छिर्न नै नदिएको आरोप लगाए ।
यद्यपि मतदान भने जारी छ। जसपाका अध्यक्ष उपेन्द्र यादव यस क्षेत्रमा चुनावी मैदानमा छन्। जनमतबाट भने शिवचन्द्र कुशावाह मैदानमा छन्।