बिहीबार, भदौ ४, २०८३

कञ्चनपुरमा महिलाको ज्यान लिने बाघलाई चिडियाखाना लगिने

घाँस काट्न गएकी महिलाको ज्यान लिने बाघलाई ललितपुरस्थित चिडियाखानामा लगिने भएको छ।
 |  आइतबार, वैशाख १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १०, २०८०

महेन्द्रनगर- घाँस काट्न गएकी महिलाको ज्यान लिने बाघलाई ललितपुरस्थित चिडियाखानामा लगिने भएको छ।

बाघले शुक्रबार बेलौरी पचुइमा घाँस काटिरहेकी सोही ठाउँकी ४२ वर्षीया गङ्गा चन्दलाई आक्रमण गरी मारेको थियो। यसपछि शनिबार कञ्चनपुरमा उक्त बाघलाई नियन्त्रणमा लिइएको थियो।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रोशन ठगुन्नाका अनुसार कञ्चनपुरको बेलौरी नगरपालिकाबाट नियन्त्रणमा लिइएको बाघलाई चिडियाखाना लगिन लागेको हो।

प्रकाशित: Apr 23, 2023| 08:55 आइतबार, वैशाख १०, २०८०
प्रतिक्रिया दिनुहोस्