बिहीबार, भदौ ४, २०८३

धवलागिरि हिमालमा एक जना बेपत्ता, दुईको उद्धार

म्याग्दीस्थित धवलागिरि हिमालमा एक भरिया बेपत्ता भएका छन् भने दुई जनाको सकुशल उद्धार गरिएको छ।
 |  आइतबार, वैशाख १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १०, २०८०

म्याग्दी- म्याग्दीस्थित धवलागिरि हिमालमा एक भरिया बेपत्ता भएका छन् भने दुई जनाको सकुशल उद्धार गरिएको छ।

आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिकाको वडा नम्बर–४ मा अवस्थित छ। धवलागिरि आधार शिविरमा आरोहीको सामान पुर्‍याएर फर्कने क्रममा शुक्रबार साँझ उनीहरू हिमपहिरोमा पुरिएका थिए।

बेपत्ताको खोजीका लागि शनिबार हेलिकोप्टरमार्फत धवलागिरि आधार शिविर पुगेर फर्किएका म्याग्दीको दानाका इन्द्रसिंह शेरचनका अनुसार सोलुखुम्बुको सोलदूधकुण्ड नगरपालिका–१, नुथला फुलेली गाउँका २० वर्षीय अमृत राई बेपत्ता भएका हुन्।

अमृतसँगै बेपत्ता भएका सोही ठाउँका धीरज राई र अर्जुन राईको शनिबार शेर्पाहरूको टोलीले सकुशल उद्धार गरेर इटली आधार शिविरमा पुर्‍याइएको शेरचनले जानकारी दिए।

उनीहरू सेभेन समिट ट्रेक काठमाडौंबाट भरियाका रूपमा आधार शिविरमा आएका थिए। जापानिज आधार शिविरनजिकै हिमपहिरोमा परेका थिए। रासस

प्रकाशित: Apr 23, 2023| 07:50 आइतबार, वैशाख १०, २०८०
प्रतिक्रिया दिनुहोस्