गण्डकी- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि स्वतः पदमुक्त भएका छन्।
शनिबार मुख्यमन्त्री अधिकारीले प्रदेशसभासमक्ष राखेको विश्वासको मत प्राप्त गर्नेसम्बन्धी प्रस्तावको पक्षमा भन्दा धेरै मत विपक्षमा परेकाले उनी पदमुक्त भएका हुन्।
६० सदस्यीय गण्डकी प्रदेश सभामा उनले पक्षमा २४ मत पाए भने विपक्षमा ३५ जनाले मतदान गरेका छन्। नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका सात र हालै नेकपा एकीकृत प्रवेश गरेका राजीव गुरुङ अर्थात दिपक मनाङेले अधिकारीलाई मत दिएनन्। अधिकारीले विश्वासको मत पाउन कम्तीमा ३१ सांसदको समर्थन जुटाउनुपर्ने थियो।