शनिबार, भदौ ६, २०८३

अडिसनबाट यसरी छानिन्छन् कलाकार

 |  शनिबार, वैशाख ९, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ९, २०८०

काठमाडौं- चलचित्रको प्रमुख आकर्षण नै कलाकार हुन्छन्। त्यसैले पोस्टरमा उनीहरूलाई प्रस्तुत गर्ने गरिन्छ। चलचित्रमा देखिने कलाकारले ती भूमिका कसरी पाउने गर्छन्? वा निर्देशकले चरित्र चयन कसरी गर्ने गरेका छन्? विदेशी चलचित्रमा कलाकार छनोट गर्ने निकाय नै हुन्छ। 

उनीहरूले नै कथा पढेर पात्रअनुसार कलाकार सुझाव दिने गर्छन्। यद्यपी नेपालमा त्यस्तो छैन। निर्देशक आफैँले छनोट गर्ने गरेका छन्। केही समययता कलाकार छनोट गर्न पनि निर्देशक राखिन्छ। उनीहरूलाई चलचित्रको भाषामा ‘कास्टिङ डिरेक्टर’ भनिन्छ। पात्र सुहाउँदो कलाकारको लागि अडिसन पनि लिने गरिन्छ। पात्रको गाउँ, स्वभाव, वर्णदेखि शिक्षा र हाउभाउसमेत पात्र छनोट गर्ने निर्देशक वा चलचित्रको निर्देशकले तय गर्छन्। नेपालमा चलचित्रका लागि कलाकार छनोट र भूमिकामा पात्र चयन केही वर्षयता प्रक्रियागतरूपमै हुन् थालेको निर्देशक दिनेश राउतले बताए। उनी निर्देशित पछिल्लो चलचित्रमा पात्रअनुसार कलाकार छनोट गर्ने दायित्व रङ्गकर्मी अनुप बराललाई दिइएको थियो। 

‘सुरुआती समयमा म निर्देशनमै केन्द्रित रहेँ। म बजार र निर्माताअनुसार प्रस्तुत भए तर पछिल्लो चलचित्र ‘प्रसाद’ र ‘प्रकाश’मा मैले सम्पूर्ण जिम्मेवारी छुट्याएर काम गरेको छु,’ निर्देशक राउतले भन्नुभयो, ‘अहिले चलचित्र निर्माण शैली फेरिएको छ। यो कलाकार चाहियो पनि भन्न सक्छौँ। केही कलाकार अडिसनमार्फत नै छनोट गरेको छु।’ उनले चलचित्र ‘प्रकाश’ मा अभिनेत्रीमा रेणु योगीलाई अडिसनमार्फत नै चयन गरेका थिए। 

कलाकार महेश त्रिपाठी अडिसन दिन हिच्किचाउँदैनन्। उनी आफू उक्त चरित्रमा उपयुक्त हुने वा नहुने मापन नै अडिसनले गर्ने बताउँछन्। ‘अलिकति नाम चलेपछि अडिसन दिन हामी आनाकानी गर्छौं तर हामीले पात्रलाई जाच्ने नै त्यहीँ प्रक्रियामार्फत हो। त्यसले हाम्रो अभिनय क्षमतालाई नभई पात्रलाई हेरिने भएकाले म तयार हुन्छु,’ अभिनेता त्रिपाठीले भने, ‘मैले चलचित्र निर्माण गर्ने समूह हेरेर भने अडिसन दिने गरेको छु। विदेशी चलचित्रमा अडिसन दिएर नै काम गरेको छु।’

नेपालमा लिइने अडिसन धेरैजसो देखावटी हुने अभिनेत्री विनिता थापामगरले बताइन्। उनले पनि प्राय काम अडिसनमार्फत नै पाउनुभएको छ तर उनको अनुभव राम्रो छैन। ‘पहिले कलाकार तय गरेर देखावटी अडिसन गर्ने पनि पाएकी छु। त्यसैले अडिसन दिन जाँदा सबै बुझेर मात्र जान्छु। यो त पात्रमा सुहाउँदो कलाकारलाई अवसर हो तर यहाँ भौगोलिक भिन्नता देखिने कलाकारलाई पनि छनोट गरिन्छ,’ अभिनेत्री थापामगरले भनिन्। दशक अगाडि अडिसन गर्ने प्रक्रिया बढेको थियो। किनकि नयाँ अनुहार चलचित्रमा देखिन थालेका थिए। 

कलाकारले अडिसन दिन हिच्किचाउने कारण नै यो प्रक्रिया घटिरहेको निर्देशक विक्रम सापकोटाले बताए। उनले चलचित्र निर्माण गर्ने क्रममा केही कलाकारलाई अडिसनको लागि अनुरोध गर्दा नमानेको सम्झिए। ‘मैले चलचित्रका केही प्रसिद्ध कलाकारलाई आग्रह गर्दा मान्नु भएन। त्यसपछि रङ्गमञ्चमा रहेका कलाकारको अडिसन लिएर छनोट गरेको हो,’ उनले भने।

कलाकारले पाएको भूमिकामार्फत निर्देशक र लेखकको सोचलाई पर्दामा देखाउने भएकाले पनि यो महत्वपूर्ण विषय हो तर नेपाली चलचित्रमा लेखिएको पात्रको स्वरूप चलचित्र भवनमा हुने व्यापारकै आधारमा तय हुनेगरेको छ। बेलाबखतमा विभिन्न भूमिकाका लागि अडिसन गर्ने गरिन्छ तर त्यस्तो प्रक्रियाबाट पर्दासम्म आइपुग्ने कलाकारको सङ्ख्या र पर्दामा हुने महत्त्व निकै कम छ। -रासस

प्रकाशित: Apr 22, 2023| 22:02 शनिबार, वैशाख ९, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नयाँ अनुहारले नयाँपन ल्याउलान् चलचित्रमा ?

डेढ दशक अघिसम्म राजेश हमाल, निखिल उप्रेती, रेखा थापा, विराज भट्टलगायत कलाकारको दबदबा थियो। उनीहरूको पोस्टर देख्दामात्रै पनि दर्शक चलचित्र भवनसम्म पुग्थे।

वसन्त चौधरीको 'हृदयमा बलेको साहित्यको आगो'

हृदयमा कति आगो बलेको छ भन्ने कुरा हृदयमै चिहाएर हेर्न र बाहिरी ओठको मात्र नभएर भित्री खुसी खोजेर खबर सम्प्रेषण गर्न अर्थात् छाप्न पत्रकारहरूलाई नै...

पोखरामा चिनाइँदै जनकपुरको मिथिला संस्कृति

जनकपुरको धार्मिक, ऐतिहासिक, पौराणिक मिथिला संस्कृतिलाई पोखरेलीसामु ल्याउन प्रदर्शनी गर्न लागिएको हो।

थिमिमा कुभिण्डे जात्रा मनाइयो

कुभिण्डे जात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपातील्याई तलेजू दसैंघरमा भित्र्यापछि नवमीका दिन राँगो र बोकाको टाउको बलि दिने परम्परा रहिआएको छ।