बिहीबार, वैशाख ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • उपप्रधानमन्त्री श्रेष्ठ भन्छन्- जनसंघर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्नु अहिलेको आवश्यकता हो

उपप्रधानमन्त्री श्रेष्ठ भन्छन्- जनसंघर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्नु अहिलेको आवश्यकता हो

 |  शनिबार, वैशाख ९, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ९, २०८०

काठमाडौं- उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक उपलब्धि माथि चौतर्फी आक्रमण भइरहेको बताएका छन्। प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समितिको साधारणसभालाई आज सम्बोधन गर्दै उनले यो वा त्यो कोणबाट उपलब्धि माथि आक्रमण बढिरहेको बताएका हुन्। 

National life

प्रतिगमनलाई परास्त गर्न राजनीतिक दलहरु अझै सचेत भएर लाग्नुपर्नेमा जोड दिँदै उनले जनसङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्नु अहिलेको आवश्यकता रहेको बताए। ‘संविधानका उपलब्धिलाई औपचारिकरुपमा नै खोस्ने वा संविधानका प्रावधानलाई उल्लङ्घ गर्ने प्रवृत्ति देखा परेका छन्”, उहाँले भन्नुभयो, “त्यस्ता प्रवृत्तिविरुद्ध हामी लड्यौँ, त्यसलाई परास्त बनायौँ।’

शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्नुपर्ने दायित्व वर्तमान सरकारको काँधमा रहेको भन्दै उनले संविधानमार्फत उपलब्धिलाई संस्थागत तथा सेना समायोजन सम्पन्न भएको र अब सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित काम बाँकी रहेको बताए। सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानिबन आयोगलाई पूर्णता दिएर मात्रै शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न सकिने उनको भनाइ छ। 

‘शान्ति प्रक्रियाको बाँकी काम हरहालतमा पूरा गर्नुछ, दशकभन्दा बढी बित्यो, तर हामीले त्यो काम पूरा गर्न सकिराखेका छैनौँ, संविधान जारी गरेको पनि सात वर्ष पूरा भइसक्यो, शान्ति प्रक्रियालाई पूरा हुन नदिन विभिन्न प्रयत्न भइरहेका छन्, त्यस्ता प्रयत्नलाई असफल पार्दै शान्ति प्रक्रियालाई समग्रतामा पूर्णता दिनुछ’, उनले भने। 

उपप्रधानमन्त्री श्रेष्ठले राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाभिमान र स्वाधीनताको रक्षा तथा राष्ट्रिय सुरक्षालाई सुदृढ पार्नु वर्तमान सरकारको प्रमुख कार्यभार भएको बताए। मुलुकलाई आर्थिक सामाजिकरुपमा समृद्धि बनाउने तत्कालिक कार्यभार भएको उनको भनाइ छ। 

प्रेस सेन्टरका इञ्चार्ज महेश्वर दाहालले श्रमजीवी पत्रकारको हितमा सेन्टरले आवाज बुलन्द गर्दै आएको बताए। अहिले श्रमजीवी पत्रकारको अवस्था गम्भीर रहेको उल्लेख गर्दै उनले श्रमजीवी पत्रकारको दायित्व पूरा गर्न सरकार लाग्नुपर्ने बताए। ‘सरकारी विज्ञापनलाई एकद्वार प्रणालीबाट वितरण गर्नुपर्छ, राज्यको रु छ अर्बको विज्ञापन छ, त्यो विचौलियाको हातमा छ, यसलाई सरकारले व्यवस्थित बनाउन सक्यो भने मात्र मिडिया बाँच्दछ’, उनले भने। 
 

प्रकाशित: Apr 22, 2023| 15:00 शनिबार, वैशाख ९, २०८०
प्रतिक्रिया दिनुहोस्