शनिबार, भदौ ६, २०८३

नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ।
 |  शनिबार, वैशाख ९, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ९, २०८०

नेपालगञ्ज- कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ।

बाँके राप्तिसोनारी गाउँपालिका-२ का ८६ वर्षीय वृद्धको उपचारका क्रममा शनिबार मृत्यु भएको अस्पतालका फिजिसियन डा. सुभाष जिसीले जानकारी दिए।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारको लागि भेरी अस्पतालमा लगिएको थियो।

उनलाई बैशाख १ गते कोभिड संक्रमण पुष्टि भएको थियो। उनलाई दमको पनि समस्या रहेको चिकित्सकले जनाएका छन्।

प्रकाशित: Apr 22, 2023| 13:27 शनिबार, वैशाख ९, २०८०
प्रतिक्रिया दिनुहोस्