पोखरा- कास्कीको माछापुच्छे गाउँपालिकामा भालुको आक्रमणमा परी एक वृद्ध गम्भीर घाइते भएका छन्। घाइते हुनेमा माछापुच्छ्रे गाउँपालिका वडा नं. ९ का ६१ वर्षीय गुञ्जबहादुर थापामगर छन्।
बिहान करिब सवा ८ बजे खाना खाएर सोही वडाको क्रन्डू जंगलमा घाँसदाउरा गर्न जानेबेला भालुले आक्रमण गरेको वडाध्यक्ष राजेन्द्र क्षेत्रीले जानकारी दिए। घाइते थापालाई उपचारका लागि पोखरा फिस्टेल अस्पतालमा भर्ना गरिएको छ।