काठमाडौं- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले परिवर्तनपछि बनेका सरकारको कामबाट जनताले चित्त बुझाउन नसकेको बताएका छन्।
प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश कमिटीले काठमाडौंमा गरेको कार्यक्रममा गृहमन्त्री श्रेष्ठले राज्य आफ्नो कार्यभारप्रति गम्भिर हुनु पर्ने बताए।
कमिटीको वार्षिक साधरण सभामा गृहमन्त्री श्रेष्ठले आफ्नो कार्यभारप्रति सबै गम्भिर हुनुपर्ने बताए।
'देशले अनेक समस्या भोग्नुपरेको छ। संघर्षबाट प्राप्त परिवर्तन र उपलब्धिमा प्रतिगामीको आक्रमण भइरहेको छ। परिवर्तनपछि काम त भए तर, गुणात्मक हुन सकेनन्। त्यसबाट जनताले चित्त बुझाउन सकेका छैनन्,’ उनले भने। देशले प्राप्त गरेको हरेक उपब्धिमाथि एकपछि आर्को प्रहार भइरहेको र त्यसका लागि हरेक पाईलामा सचेत हुन आवश्यक रहेको गृहमन्त्री श्रेष्ठको भनाई छ। परिवर्तनको औचित्य पुष्टि गर्न समृद्धिको यात्रालाई तिव्रता दिनु पने उनको भनाई छ।