शनिबार, भदौ ६, २०८३

कचनकवल गाउँपालिकामा बिदा

दक्षिणी झापाको कचनकवल गाउँपालिकाले बैशाख १० गते आइतबार स्थानीय बिदा दिने निर्णय गरेको छ।
 |  शनिबार, वैशाख ९, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ९, २०८०

झापा- दक्षिणी झापाको कचनकवल गाउँपालिकाले बैशाख १० गते आइतबार स्थानीय बिदा दिने निर्णय गरेको छ। गाउँपालिकाभित्र बसोबास गर्ने मुस्लिम समुदायहरूको महान् पर्व इदउल फित्रको अवसरमा गाउँपालिकाले आइतबार स्थानीय बिदा दिने निर्णय गरेको हो। 

गाउँ कार्यपालिकाको गत चैत २६ गते बसेको निर्णय अनुसार आइतबार कार्यपालिकाको कार्यालय तथा गाउँपालिका अन्तरगतका वडा कार्यालयहरू, स्वास्थ्य संस्था र शैक्षिक संस्थाहरू बन्द रहने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ। 

मुस्लिम धर्मावलम्बीले एक महिना लामो रमादान पर्व (रोजा) पूरा गरी आज इद पर्व मनाइरहेको छ। इदको सार्वजनिक बिदा शनिबारका दिन परेकोले गाउँपालिकाले आइतबार पनि बिदा दिइएको हो।

प्रकाशित: Apr 22, 2023| 11:57 शनिबार, वैशाख ९, २०८०
प्रतिक्रिया दिनुहोस्